Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरामदेव तेलद्वारा चाडपर्व उपहार उत्सवको अन्तिम ५ हप्ताको विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा चाडपर्व उपहार उत्सवको अन्तिम ५ हप्ताको विजेतालाई पुरस्कार वितरण


काठमाडौं । रामदेव तेलले चाडपर्व उपहार उत्सवको अन्तिम पाँच हप्ताका विजेतालाई पुरस्कार वितरण गरेको छ । लक्की ग्रुपको भागिनी संस्था गणपति वनस्पति प्रालिले उत्पादन गरी बिक्री गर्दै आइरहेको रामदेव तेलले ‘चाडपर्वको वहार हरेक हप्ता उपहार योजना’ सञ्चालनमा ल्याएको थियो ।

उक्त योजनाअन्तर्गत पाँच हप्ताको ११ जना विजेताहरुलाई मंगलबार आयोजित एक समारोहबीच पुरस्कृत गरिएको हो । अन्तिम सातौँदेखि ११औँ हप्तासम्मको विजेताहरु विभिन्न स्थानबाट प्रतिस्पर्धी भई लक्की ड्रमार्फत छनौट भएका थिए । यस प्रतियोगिताअन्तर्गत रामदेव तेलद्वारा उत्पादन गरिएको टेलिजिभन विज्ञापनमा प्रयोग भएका शब्दहरु तथा विभिन्न मार्टहरुमा गई रामदेव तेलको पकेट लिई सहभागी हुनुपर्ने प्रश्नोत्तरहरु सोधिएका थिए । सातौँ हप्तादेखि ११औँ हप्तासम्मको लक्की ड्रमा भाग लिई लक्की ड्रमार्फत विजेता हुन सफल प्रतियोगीहरु ११ जनाले जनही १/१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन् । यस प्रतियोगितामा सहभागी भई विजेता हुन सफल सातौँ हप्ताका विजेताहरु शेखर राई र शिलाकार रितु, आठौँ हप्ताका विजेता सचित बस्नेत र लुकशान्ति सुनुवार, नवौँ हप्ताका विजेता सचिन बस्नेत र सोनु तामाङ्ग, दशौँ हप्ताका विजेता सरस्वती पोखरेल, आकांक्षा कुँवर, त्रिगुण भट्टराई तथा एघारौँ हप्ताका विजेताहरु रेखा अमगाई एवं प्रत्युश ऐर रहेका छन् ।

गणपति वनस्पति प्रालिका मार्केटिङ्ग मेनेजर विनोद श्रेष्ठले उनीहरु सबै जनालाई पुरस्कार वितरण गरेका थिए । गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रामदेव तेलले तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो । जसअनुसार यो डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिनसक्ने तथा हरेक हप्ता दुई जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको थियो । यो पुरस्कार वितरण सँगसँगै यस उपहार योजना सकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x