हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’ : सुपथ मूल्यमै हेभी एक्स्काभेटर
काठमाडौं । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ । योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्स्काभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।
कम्पनीका अनुसार ग्राहकले नयाँ उपकरणभन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा एक करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिनसक्ने बताइएको छ । यसअघि ३६१ घण्टादेखि बढीमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा छन् । ‘हुन्डाई स्मार्ट प्रमिस’का हरेक एक्स्काभेटरहरुमा नौ महिना वा एक हजार घण्टाको प्रयोग अवधिसम्म वारेन्टी छ ।
साथै, हुन्डाई मेन्टेनेन्स कन्ट्र्याक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्स्काभेटरहरूमा छ महिना, आठ महिना वा नौ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाईको काठमाडौँ, हेटौँडा र बुटवल शोरुममा उपलब्ध छन् । ग्राहकले आफूलाई सहज हुने योजनाअनुसार लागत भुक्तानी गरी उपकरणहरू खरिद गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया