Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी

चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी


काठमाडौं । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा दुईदिने चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार र शनिबार आयोजित सो कार्यक्रमको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम कुमार राइले उद्घाटन गरेका थिए । एकेडेमीका विद्यार्थीहरूले बनाएका विज्ञान र प्रविधिसम्बन्धी सामग्री तथा उपकरणहरू सो प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा अपेक्षाभन्दा बढी सहभागी देखिएको एकेडेमीका प्रअ टंक लिम्बुले बताए । प्रअ लिम्बुले हजारौँ बढी शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रदर्शनीमा अवलोकन गरेको बताए । एकेडेमीका संचालक राजकुमार दोङ तामाङले विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरूसँगै लोप हुँदै गएको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक सामग्रीहरूको प्रदर्शनीले विद्यार्थीहरूमा विगतका मौलिक जनजीवन र त्यससँग सम्बन्धित ज्ञान प्राप्त गरेको बताए । यसले आगामी वर्षहरूमा अझ नयाँ उपकरणहरूको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न हामीलाई अभिप्रेरित गरेको उनले बताए ।

सो प्रदर्शनीमा रोबर्टसम्बन्धी उपकरण, होम सेक्युरिटी प्रणाली, भूकम्पीय सूचक, पानीको सतह मापन यन्त्र, विद्युत्सम्बन्धी स्वचालित अटो मोबाइलसम्बन्धी उपकरण, ह्युमान्वाइड रोबट, स्मार्ट सिटीका नमूना, लघु जलविद्युत्बाट विद्युत् उत्पादनको नमूना प्रदर्शनीको साथमा विद्यार्थीहरूको नृत्य, गायन, विभिन्न खानाका परिकारहरू, नेपाली लोक बाजागाजाहरूमा प्रयोग हुने लोक अर्केस्ट्रा र जातजातिका भेषभूषा समेत प्रदर्शनी गरिएको थियो ।

विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनी स्थलमा एक सयभन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरू र फुड स्टल रहेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया