Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोले दुई स्मार्टफोनको मूल्य घटायो

भिभोले दुई स्मार्टफोनको मूल्य घटायो


काठमाडौं । भिभोले आफ्ना भी र वाई सिरिजका दुईवटा स्मार्टफोन भी२५ई र वाई१५सीको मूल्य भारी मात्राले घटाएको छ । कम्पनीले दुवै फोनको मूल्यमा तीन हजार रुपैयाँ घटाएको हो ।

कम्पनीका अनुसार भी२५ई (८+१२८ जीबी) को पुरानो मूल्य ४२ हजार नौ सय ९९ रुपैयाँ थियो । अब यो स्मार्टफोन ३९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै १७ हजार नौ सय ९९ रुपैयाँ मूल्य रहेको भिभो वाई१५सी अब १४ हजार नौ सय ९९ रुपैयाँमा पाइने भएको छ । नयाँ मूल्य मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र इ–कमर्स साइटहरूमा उपलब्ध हुनेछ । भिभो नेपालका सीईओ माइकलले ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई कम्पनीका उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन स्मार्टफोनको मूल्य घटाएको बताए । उनका अनुसार दुवै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ । साथै यसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ, जसले हाइब्रिड इमेज स्टेबलाइजेसन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ, यसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालीन फोटोग्राफीलाई सुधार गर्दछ । फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ । भी२५ईमा मिडिया टेक हेलियो जी९९ सीपीयू पनि छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले विस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ । यस्तै वाई१५सी मा आई प्रोटेक्सनसहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् । यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया