Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा


काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रालिले यसको बिक्रीवितरण सुरु गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ ।

कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नुपर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ ।

यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मतसम्भारको झन्झटलाइ टाढा राख्छ । एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरैभन्दा धेरै ग्राहकहरुको पहिलो रोजाइ बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया