Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किल विक चौथो संस्करण हुने

स्किल विक चौथो संस्करण हुने


काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको चौथो संस्करण हुने भएको छ । रोजगारीको लागि सीपको लागि इको सिस्टम निर्माणको उद्देश्यसहित सञ्चालन हुने यस वर्षको स्किल विक सोमबारदेखि आगामी आइतबारसम्म हुनेछ ।

स्किल विक एक हप्ते कार्यक्रम हो, यसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गरिनेछ । कार्यक्रममा १६ देखि ३० वर्षकाले निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् । आयोजकका अनुसार यो कार्यक्रम युवाहरुका लागि एक खुल्ला मञ्च हो । स्किल विकले युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ ।

यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन् । त्यसैगरी यस वर्षको सीप सप्ताह तीनवटा विषयमा आधारित छ, जसमा हरित इकोसिस्टम, दिगो अर्थतन्त्र र अन्तर्राष्ट्रिय कनेक्टिभिटी पर्दछन् । सीप सप्ताह २०२३ उपत्यकाबाहिर चितवन, जनकपुर, विराटनगर र वीरेन्द्रनगरमा पनि आयोजना हुँदै छ ।

यस्तै सीप सप्ताहको समापनमा सीईओ अनप्लग्ड २०२३ नामक भव्य कार्यक्रम सञ्चालन गरिनेछ । सीईओ अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सञ्चालन गर्ने कार्यक्रम हो । यो एक फोरम हो, जहाँ व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवं नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न सञ्चालन गरिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया