Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टेलिकमको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्यो’

‘टेलिकमको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्यो’


काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका कम्पनीका उपकरण र संरचनामा क्षति पु-याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको जनाएको छ ।

कम्पनीका उपकरण र संरचनामा क्षति हुँदा निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनले मंगलबार एक विज्ञप्ति जारी गरी यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको उल्लेख गरेका छन् । यदि कुनै स्थानमा सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु-याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न पनि कम्पनीले आग्रह गरेको छ । ‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया