आईटी ग्लोबल प्रालिको अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’
काठमाडौं । आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजीजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो ।
सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवालजस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनोट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्नेछन् । बैंकिङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेकलगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आईटी ग्लोबल प्रालिका सीईओ विश्व कर्मकारले बताए । सेन्टरबाट आवश्यकताअनुसार विज्ञमार्फत सम्बन्धित प्रविधिको तालिम र परामर्श समेत उपलब्ध गराइने छ ।
बजारमा देखिएको प्रविधिको जागरूकता र दक्षताबीचको खाँडललाई न्यूनीकरण गर्न इन्नोभेसन सेन्टरबाट तालिम र वर्कसप प्रदान गर्ने लक्ष्य रहेको कर्मकारले जानकारी दिए । सेन्टरबाट पूरानो प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण समेत गर्ने परामर्श विज्ञबाट दिइनेछ । आईटी ग्लोबल प्रालि नेपालका लागि सूचना प्रविधि कम्पनी डेलको वितरक हो । बजार व्यवस्थापन गर्ने र साझेदारको इकोसिस्टमलाई प्रविधिमा दक्ष बनाउने, आवश्यक सपोर्ट र सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया