Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसूर्य नेपालको मिन्ट–ओ वाइट टफी बजारमा

सूर्य नेपालको मिन्ट–ओ वाइट टफी बजारमा


काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्ट–ओ वाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘फ्रेसनेस इन एभ्री वाइट’को नारासहित प्रवद्र्धन गरिएको यो उत्पादन मिन्ट स्वादमा ट्विस्ट -याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मिन्ट–ओ वाइट पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुनेछ । मिन्ट–ओ वाइटको प्रयोगले अद्भुत शीतलताको आभाषको साथै रिफ्रेसिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मिन्ट स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो -यापरमा उपलब्ध मिन्ट–ओ वाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरुभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरुले मिन्ट–ओ वाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट–ओ वाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3


तपाईको प्रतिक्रिया