Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमका ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

टेलिकमका ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने


काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो ।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3


तपाईको प्रतिक्रिया