Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएभरेस्ट बेस क्याम्पमा तबला बजाएर कीर्तिमान

एभरेस्ट बेस क्याम्पमा तबला बजाएर कीर्तिमान


काठमाडौं । एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम् चौधरीले उक्त कीर्तिमान बनाएका हुन् ।

गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम् आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए । शिवम्ले सानैदेखि तबला बजाउन सिकेका थिए । एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा उनले आफ्नो तबला पनि बोकेरै गएका थिए । शिवम्का बुबा रोहित चौधरी उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताउँछन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अर्जुन पनि बाबुआमासँग एभरेस्ट बेस क्याम्प पुगेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया