Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोलाद्वारा ग्राउन्डवाटर रिचार्ज प्रोजेक्ट हस्तान्तरण

कोकाकोलाद्वारा ग्राउन्डवाटर रिचार्ज प्रोजेक्ट हस्तान्तरण


काठमाडौं । कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालय पोखरालाई हस्तान्तरण गरेको छ ।

२३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर कम्पनीले सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण गरेको हो । कोकाकोला बेभरेज नेपाल र स्प्ल्यास नेपालको संयुक्त पहलमा सैनिक आवासीय महाविद्यालय पोखरामा सफा र सुरक्षित पानी तथा अर्बन रेजिलियन्ट कम्युनिटी निर्माणका लागि आकाशे पानी संकलन र ग्राउन्डवाटर रिचार्ज पोखरी निर्माण गरिएको छ । यस प्रोजेक्ट मार्फत १२ वटा बोतल फिलर धारा तथा आठवटा बब्लर फसेटलाई चारवटा वाटर स्टेसन र डुअल स्पाउट्ससँग क्रमशः जोड्दै खानेपानी वितरणका लागि दुई युएफ फिल्टर उक्त स्थानमा जडान गरिएको छ । यस प्रोजेक्टले २५०० भन्दा बढी मानिसहरू लाभान्वित हुने छन् । यस प्रोजेक्टले वार्षिकरूपमा चार लाख ३५ हजार लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षा गरिएको छ ।

यस्तै, आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) का बारेमा मोटिभेसनल तथा सचेतना सेसन पनि उक्त विद्यालयमा सञ्चालन गरिएको थियो । त्यस्तै, फिल्ट्रेसन सिस्टम मेन्टेनेन्सनका बारेमा ट्रेनिङ सेसन पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जिसीले विद्यालयमा १२ सयभन्दा धेरै विद्यार्थी रहेको र पानीको ज्यादै आवश्यकता रहेको बताए । यस्तै, कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले जलस्रोतको संरक्षण र रिचार्ज, जिम्मेवार पानी प्रयोगको तथा सबैमा सफा पानीको प्रवद्र्धनमा कम्पनी लागि पर्ने बताए । स्प्ल्यास नेपालका कार्यकारी निर्देशक प्रदीप खड्काले यस प्रोजेक्टको मेन्टेनेन्स र स्थिरताप्रति आफूहरू शतप्रतिशत प्रतिबद्ध रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया