Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएल दुगडको रक्तदान कार्यक्रम

केएल दुगडको रक्तदान कार्यक्रम


काठमाडौ । केएल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहअन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगञ्ज र नेपालगञ्जका कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त समूहअन्तर्गत कार्यरत कर्मचारीद्वारा नै रक्तदान गरिएको थियो । काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्ज कार्यालय गरी कुल एक सय १६ कर्मचारीद्वारा रक्तदान गरी ११६ प्वाइन्ट रगत सङ्कलन गरिएको थियो । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा ‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया