Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआइडिया स्टुडियो नेपालको ‘प्रोडक्ट लन्च‘ कार्यक्रम

आइडिया स्टुडियो नेपालको ‘प्रोडक्ट लन्च‘ कार्यक्रम


काठमाडौ । आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न सिजनका उद्यमीहरूको उत्पादन ‘प्रोडक्ट लन्च’ कार्यक्रम सम्पन्न गरेको छ । गत बिहीबार काठमाडौं मोडल कलेजमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आइडिया स्टुडियो सिजन ४ का आइडिएटर अंशु प्रधानको व्यवसाय मम्मी एण्ड जेमी, आइडिया स्टुडियो सिजन ७ का आइडिएटर आशुतोष गोल्यान र मोनिका श्रेष्ठको व्यवसाय देसना र आइडिया स्टुडियो सिजन ३ का आइडिएटर रजिना अवालेको व्यवसाय समाह ज्वेलरी एन्ड क्राफ्टको प्रोडक्ट लन्च गरिएको थियो । मम्मी एन्ड जेमी व्यवसायले गर्भवती महिला, आमा र बालबालिकाका लागि उच्च गुणस्तरको कपडाहरू उत्पादन गर्छ । यसले शतप्रतिशत बसको फ्याब्रिक्स, हेम्प, अर्गानिक कपास, लेनिन र प्राकृतिक फाइबरबाट बनेका कपडाहरू उत्पादन गर्ने बताइएको छ ।

यस्तै, समः ज्वेलरी एन्ड क्राफ्ट्सले अर्ध–बहुमूल्य ढुङ्गा, काँच, सेतो धातु, पित्तलको तार, काठ, सेल चिप्स, धागो र पोते बिडहरूबाट बनेका हस्तनिर्मित गहनाहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले सन् २०१३ मा नेपाली उत्पादनलाई नेपाली जनतामा उचित मूल्यमा प्रवद्र्धधन गर्ने लक्ष्यका साथ आफ्नो उत्पादन र प्रवद्र्धन सुरु गरेको थियो । यसले ग्राहकलाई सस्तो मूल्यमा सुनका गहनाहरूको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यसै गरी देसना संसारभर घरेलु, स्वच्छ, स्वादिष्ट अचार र अन्य खाद्य पूरक उपलब्ध गराउन सक्ने उद्देश्य बोकेको नेपाली ब्रान्ड हो । देसनाले लप्सीको अचार, टिमुर छोप, डल्ले खुर्सानी अचार र आँपको अचार उत्पादन गरिरहेको छ । देसनाले १५ गृहिणीहरूसँग साझेदारी गरेको छ ।

यस्तै, विश्वभर घरेलु अचारको सबैभन्दा मनपर्ने ब्रान्ड बन्ने लक्ष्य राखेको छ । देसना हाल दराज, ग्यापु, फार्म सप, डेली ग्रोसरी, रासन मार्ट, केसरिया स्वीट्समा उपलब्ध छ । यसको उत्पादन अमेरिका, अस्ट्रेलिया र भारतमा निर्यात गरिन्छ । आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रममार्फतबाट देशको सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया