Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगललितपुरको कुसुन्तीमा एमजीको नयाँ सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा एमजीको नयाँ सर्भिस सेन्टर


काठमाडौ । नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोर्टसले ललितपुरको कुसुन्तीमा अत्याधुनिक सुविधायुक्त नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यो सर्भिस सेन्टरको भौतिक संरचना र उपकरण खरिदको लागि मात्र कम्पनीले झण्डै २० करोड रुपैयाँ खर्च गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सचिन अर्यालका अनुसार एमजीको ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धतालाई व्यवहारमा उतार्नका लागि नै कम्पनीले करोडौं रुपैयाँ खर्च गरेर यो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । ‘गाडी बिक्री गर्नु ठूलो कुरा होइन, गाडी बिक्रीपश्चातको सेवा अर्थात् एफ्टर सेल्स सर्भिस ठूला कुरा हो, हामी हाम्रा ग्राहकहरूलाई बिक्रीपश्चातको सेवा दिन प्रतिबद्ध छौं’, प्रमुख कार्यकारी अर्यालले भने, ‘कोभिड महामारीको समयमा ललितपुरको कुसुन्ती हाइटमा रहेको छ रोपनी जग्गा कम्पनीले खरिद गरेका थियौं । त्यही जग्गामा अहिले हामीले भौतिक संरचना निर्माण गरेर सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौँ ।’

उनका अनुसार जग्गाको कुल क्षेत्रफलमध्ये सर्भिस सेन्टरको संरचनाको लागि तीन रोपनी जग्गा प्रयोग भएको छ भने बाँकी जग्गा पार्किङ तथा अन्य प्रयोगको लागि छुट्याइएको छ । सर्भिस सेन्टरको पर्याप्त क्षेत्रफल, निकै फराकिलो वेटिङ लाउञ्ज, कस्टुमर सर्भिस डेक्स, रिपेयर सक्ने, अफिसलगायतका अत्याधुनिक सुविधाहरू रहेका छन् । यसै गरी सर्भिस सेन्टरमा अत्याधुनिक पूर्वाधार तथा मेसिन, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोलीसमेत रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए । सर्भिस सेन्टरमा ११ बे, हाइ ईभी डायग्नोसिस टुल, एकपटकमा तीनवटा कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेयर आदिका सुविधा रहेको प्रमुख कार्यकारी अर्यालको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया