Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाओमीका दुई डेस्कटप मोनिटर सार्वजनिक

साओमीका दुई डेस्कटप मोनिटर सार्वजनिक


काठमाडौं । साओमीले आफ्ना नवीनतम उत्पादनहरू मी २३.८ इन्च डेस्कटप मोनिटर १ सी र मी डेस्कटप मोनिटर २७ इन्च लन्च गरेको छ । यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचर र अत्याधुनिक प्रविधिका साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।

कम्पनीका अनुसार दुवै मोनिटरमा १७८ डिग्री भियुइङ एङ्गल राखिएको छ । व्यावसायिक डिजाइनका काम, गेमिङ, मल्टिमिडियाजस्ता सबै कामका लागि यी मोनिटरले एक उच्चस्तरीय अनुभव प्रदान गर्दछ । फास्ट रेस्पोन्स र ६० हर्ज रिफ्रेस रेटसँग सुसज्जित मी २३.८ इन्च मोनिटरले फोटो ब्लर हुनबाट जोगाउँछ । यो गेमर र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्न सक्छ । त्यसैगरी ७५ हर्जको अधिकतम रिफ्रेस रेट, ६ एमएसको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस भएको मी मोनिटर २७ इन्चले सिमलेस भिजुअल र फ्लुइड मोसनसँगै गेमरहरूका लागि नवीन अनुभव प्रदान गर्दछ ।

अल्ट्रा–स्लिम बडी र पातलो ७.३ एमएम मोटाइ रहेको मी २३.८ इन्च डेस्कटप मोनिटरले डेस्क स्पेस बचाउने स्लिम र आधुनिक लुक किफायती मूल्यमा नै सुनिश्चित गर्दछ । अर्कोतर्फ मी डेस्कटप मोनिटर २७ इन्चले पनि ७.५ एमएम मोटाइको साथ एक आकर्षक र अल्ट्रा–स्लिम डिजाइनले घर वा काम गर्ने स्थानको वातावरणमा अझै सौन्दर्य थप्ने काम गर्दछ । मी २३.८ इन्च मोनिटर १५ डिग्रीपछाडि र पाँच डिग्रीअगाडि ढल्काउन सकिन्छ भने मी २७ इन्च मोनिटरलाई २१ डिग्रीपछाडि र पाँच डिग्रीअगाडि ढल्काउन सकिन्छ । मी २७ इन्चको बजारमूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने मी २३.८ इन्च डेस्कटप मोनिटरको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया