Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको नयाँ एयरड्रेसर बजारमा

सामसङको नयाँ एयरड्रेसर बजारमा


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो नयाँ एयरड्रेसर लन्च गर्दै उद्योगकै पहिलो उन्नत स्मार्ट क्लोदिङ केयर सोलुसन सार्वजनिक गरेको छ । सामसङको यो एयरड्रेसरले धुलो, प्रदूषक र किटाणुहरू हटाउन शक्तिशाली हावा र बाफ प्रयोग गर्दछ ।

एयरड्रेसरमा रहेको जेटस्टिमले लुगालाई स्यानिटाइज गर्नुका साथै इन्फ्लुएन्जा, एडेनोभाइरस र हर्पिज भाइरसलगायत ९९ दशमलव नौ प्रतिशत भाइरस र ब्याक्टेरियालाई निर्मुल पार्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार जेटस्टिमले कपडामा तातो हावा मिसाएर कपडालाई सेनिटाइज गरी ९९ दशमलव नौ प्रतिशत भाइरस र ब्याक्टेरिया, शतप्रतिशत घरको माइट्स, ९९ प्रतिशत गन्ध पैदा गर्ने ग्यास र ९९ प्रतिशत अन्य हानिकारक पदार्थहरू नष्ट गर्दछ । यस्तै, यसमा भएको जेट एयर र एयर ह्याङ्गरहरूले न्यूनतम आवाज र कम्पनका साथ, बेडरुमसहित घरभित्र कुनै पनि ठाउँमा राखी, विनाकुनै आवाज वा डिस्टर्बेन्सको काम गर्छ । जेट एयर र एयर ह्याङ्गरहरूबाट आउने शक्तिशाली हावा जारी गर्दा लुगामा रहेको धुलोहरूलाई कपडाबाट हटाउन सजिलो पार्छ । साथै, हिट पम्प ड्राइङले लुगामा क्षति र संकुचनको जोखिम कम गर्न कम तापक्रममा लुगा सुकाउँछ ।

यसैगरी यसको डिओडोराइजिङ फङ्सनले लुगामा पसिना, तम्बाकु र खानाका कारण हुने गन्धका कणहरूलाई क्याप्चर गर्दछ । यसैबीच सेल्फ–क्लिन टेक्नोलोजीले स्मार्ट एयरड्रेसरको भित्री भागलाई डिह्युमिडिज, स्यानिटाइज र डिओडोराइज गर्दछ । एयरड्रेसरले उपभोक्ताहरूलाई उनीहरूको मनपर्ने वस्तुहरू बारम्बार नधुन मद्धत गरेर लुगाको आयु बढाउन सुनिश्चित गर्दछ । यो एयरड्रेसरको मूल्य नेपालमा दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया