Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवाई ३६ सार्वजनिक गर्ने तयारीमा भिभो

वाई ३६ सार्वजनिक गर्ने तयारीमा भिभो


काठमाडौं । भिभोको नवीन स्मार्टफोन, वाई ३६ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीका अनुसार यो स्मार्टफोन उत्कृष्ट र युनिक डिजाइनमा आउनेछ । यस्तै, वाई ३६ ले फोटोग्राफीलाई परिभाषित गर्दै अद्भूत क्यामेरा अनुभव प्रदान गर्नेछ । डिजिटल कन्टेन्ट क्रिएटर र फेसनप्रति रुचि भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दै वाई ३६ उनीहरूका लागि लक्षित गरेर बनाइएको हो ।

वाई ३६ मा स्लिक डिजाइन र सर्वोत्कृष्ट पफमेन्सको सहि संयोजन छ, जसकारण यो टेकप्रति रुचि भएका व्यक्तिहरूसँग हुनैपर्ने उपकरण हो । नेपाली बजारमा सार्वजनिक हुन लागेको भिभो वाई ३६ स्मार्टफोनले यसको उल्लेखनीय डिजाइनका कारण निकै चर्चा बटुलिरहेको छ । यसमा भएको फ्यान्सी फ्रेम र क्रिस्टल ग्लासले स्मार्टफोनलाई अझ मोहक बनाएको छ र गोल्डेन रिपल प्रोसेसले अद्भूत टेक्सचर थपेको छ । २.५डी फ्ल्याट फ्रेमका कारण फोनलाई सहजै समाउन सकिन्छ, जसले ग्राहकको अनुभव वृद्धि गर्न राम्रो टेवा पु¥याउने छ । वाई ३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोनभन्दा अलग बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट, मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।

रियुमरका अनुसार वाई ३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर आउने छ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ । यति मात्र होइन, वाई ३६ मा लामो समयसम्म टिक्ने ५००० एमएएच ब्याट्री पनि आउने बताइएको छ । साथै, द्रूत चार्जिङका लागि यसमा ४४वाट फ्ल्यास चार्ज टेक्नोलोजी पनि हुनेछ । यी आर्कषक विशेषताहरूले ग्राहकलाई सहज र शक्तिशाली प्रयोगकर्ता अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । वाई ३६मा उत्कृष्ट र स्पष्ट विवरणसहितका तस्बिरहरू खिच्नका लागि ५० एमी एचडीको प्रमुख क्यामेरा रहने छ । साथै, सेल्फीलाई पुनः परिभाषित गर्दै १६ एमपी एचडी पोट्र्रेट क्यामेराका साथ प्रोफेसनलले जस्तै सजिलै सेल्फ पोट्र्रेट पनि खिच्न सकिन्छ ।

भिभोका वाई सिरिजका स्मार्टफोनहरूले उत्कृष्ट विशेषता र कार्यक्षमताले ग्राहकमाझ राम्रो लोकप्रियता कमाएको छ । क्यामेराको नवीनताप्रति ब्रान्डको अटल प्रतिबद्धताले प्रयोगकर्ताहरू आफ्नो विशेष पलहरू कैद गर्न सफल भएका छन् । युवाहरूको मागहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्दै, भिभोले उनीहरूले खोजेजस्तै आकर्षक स्टाइल, नवीनता र विश्वसनीयता प्रदान गर्न सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया