Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्स एजको ब्रान्ड एम्बेस्डरमा ऐरी

एक्स एजको ब्रान्ड एम्बेस्डरमा ऐरी


काठमाडौं । एक्स एज नेपालले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले विगत एक वर्षदेखि नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको र सोही क्रममा ऐरीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ ।

एक्स नेपालले दक्षिण एसिया, मध्यपूर्व अफ्रिकामा किफायती मोबाइल फोन तथा एक्सेसोरिज सार्वजनिक गर्दै आएको छ । आफ्नो पहुँच विस्तार गर्दै सन् २०१९ मा कम्पनीले यूएसबी केवल, हेडफोन, पावर बैंक, पोर्टेबल स्पिकरका साथ नेपाली बजारमा प्रवेश गरेको थियो । सोही सालदेखि कम्पनीले विभिन्न प्रकारको बजेटमैत्री मोबाइल फोनहरू पनि बजारमा उपलब्ध गराउँदै आएको छ । अहिले कम्पनीले किफायती मूल्यमा स्मार्ट वाच र एलईडी टेलिभिजनद्वारा विद्युतीय उपभोगी वस्तुमा आफ्नो पहुँच पु-याएको छ । नेपाली क्रिकेट टोलीको एक ख्यातिप्राप्त खेलाडीसँगको समन्वयले कम्पनीले अझ धेरै बजार विस्तार गर्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया