Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाइ३६ को प्रि–बुकिङ खुला

भिभो वाइ३६ को प्रि–बुकिङ खुला


काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजअन्तर्गत उच्च–प्रतिक्षित नयाँ स्मार्टफोन वाइ ३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिक गर्नुअघि नै कम्पनीले यस फोनको बुकिङ खुला गरेको छ ।

कम्पनीका अनुसार ग्राहकले आइतबारदेखि मंगलबारसम्म दुईवटा आकर्षक कलर भाइब्रेन्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध हुने वाइ३६ बुकिङ गर्न सक्ने छन् । नेपाली बजारमा भने यो स्मार्टफोन बुधबारबाट बिक्रीका लागि उपलब्ध हुनेछ । यो फोनको मूल्य २८ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार वाइ३६ आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन तथा एड्भान्स क्यामेरा क्षमता विशेषता भएको एक उत्कृष्ट स्मार्टफोन हो ।

यो स्मार्टफोनमा प्रिमियम क्रिस्टल ग्लास, ४४वाट फ्ल्यासचार्ज, ५०००एमएएच ब्याट्री, ८जीवी + ८जीवी एक्सटेन्डेड -याम र ५०एमपी एचडी मुख्य क्यामेरा रहेको छ । यस्तै, स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा र सेल्फीका लागि १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेरा रहेको छ । साथै, यो फोन रमाइलो र औपचारिक तत्वहरू मिलेर एक प्रभावशाली डिजाइन बनेको छ । भिभो वाई३६ मा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । स्न्यापड्रेगन ६८० प्रोसेसरले स्मार्टफोनको समग्र कार्यसम्पादनलाई बढाउने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया