Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीएम–१ ट्रक नेपालमा सार्वजनिक गरिँदै

टीएम–१ ट्रक नेपालमा सार्वजनिक गरिँदै


काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले साथ टीएम–१ (सिङ्गल क्याब कार्गो पिकअप ट्रक) लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने इलेक्ट्रिक टीएम–१ (ईभी) ट्रक विशेष गरी नेपाली बजारका लागि डिजाइन गरिएको हो ।

नेपालको चुनौतीपूर्ण भू–भागमा विगत तीन महिनामा गरिएको सफल परीक्षणपछि टीएम–१ सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ । तीन महिना लामो परीक्षणको समयमा नेपालको विभिन्न प्रकारको बाटोमा क्षमता प्रमाणित गर्दै नेपालको बाटोको लागि उपयुक्त भएको विश्वस्त भएपछि नेपालमा लन्च गर्न लागेको कम्पनीका सेल्स हेड नवीन आचार्यले जानकारी दिए । केही ड्राइभरहरूमा गरिएको कुराकानीअनुसार परीक्षणको क्रममा ड्राइभरले कार चलाएको फिल गरेको बताएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार कमर्सियल गाडीमा यति कम्फर्ट र लक्जरी फिल पहिलोपटक नेपालमा फिल गरेको उनीहरूले जनाएका छन् । १२५० केजी लोड क्यापासिटी र सिंगल चार्जमा २८० किलोमिटर रेन्ज साथै नेपाली बजारमा लामो समय परीक्षणको नतिजास्वरूप सम्पूर्ण लाभ नेपाली व्यवसायीले लिन पाउने छन् । अति कम खर्चमा बढी आम्दानीसहित व्यबसायीको जीवनमा आमूल परिवर्तन आउने कुरामा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि विश्वस्त रहेको विज्ञप्तिमा जनाएको छ ।

‘फोटोनको टीएम–१ ले नेपालको अटोमोटिभ उद्योगमा एक उल्लेखनीय कोसेढुङ्गा हो, जसले दिगो यातायात समाधानप्रति कम्पनीको प्रतिबद्धता देखाउँछ । यस ग्राउन्ड ब्रेकिङ इनोभेसनको साथ, फोटोनले नेपालमा विद्युतीय टे«किङको अनुभव गर्ने तरिकामा आमूल परिवर्तन गर्दैछ । राष्ट्रलाई हरियाली र थप समृद्ध भविष्यतर्फ डो¥याउँदैछ’ कम्पनीले भनेको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक तथा डिजेल गाडी बिक्री गर्दै आइरहेको छ । इलेक्ट्रिक १४ र १५ सिटर प्यासेन्जर भ्यान, कार्गो भ्यान, औमार्क इलेक्ट्रिक तथा फोटोन लाइट डिउटी ट्रक नेपालमा बिक्री भइरहेका फोटोन मोटर्सका इलेक्ट्रिक गाडीहरू हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया