Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएओजीको मार्सल मिट र एनिभर्सरी राइड

एओजीको मार्सल मिट र एनिभर्सरी राइड


काठमाडौं । अपाचे ओनर्स ग्रुप (एओजी)ले मार्सल मिट र आफ्नो एनिभर्सरी राइड कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । ‘सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरूको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको एओजीले गत शुक्रबार मार्सल मिट र शनिबार एनिभर्सरी राइड आयोजना गरेको थियो ।

एओजीद्वारा नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकमार्फत सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए । तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको छ भने तालिम प्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइडहरू थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको छ । नेपाली युवामाझ रहेको बाइकिङप्रतिको प्रेमलाई एओजीमार्फत एक बनाउँदै एक आपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टीभीएस लामो समयदेखि लागिपरेको छ ।

त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रबर्द्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइडको आयोजना गरेको हो । ७० भन्दा बढी राइडरहरूको सहभागिता रहेको काठमाडौं, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी इलाम, भोटेचौर पुगेर पुनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो । उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवसिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो । साथै, समस्त सहभागी राइडरलाई पनि मायाको चिनो तथा गिफ्ट ह्याम्पियर बाँडेको थियो ।

स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट तीन हजार बढी सदस्यहरू छन् । यस्तै, हालसम्म च्याप्टर र मार्सल राइड गरी ४२ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यसमध्ये चित्लाङसम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ । एओजी, बाइकिङ कल्चर प्रवद्र्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको गु्रप च्याट पनि भाइबरमार्फत स्थापना गरेको छ । सो च्याटमा आफ्नो बाइक वा राइडसम्बन्धी कुनै पनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया