Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुक्ला विमानस्थललाई फुर्सद !

लुक्ला विमानस्थललाई फुर्सद !


सोलुखुन्बु । नेपालकै व्यस्त विमानस्थलमध्येका सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ । पर्यटकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २÷३ वटामा सीमित बनेको छ ।

पर्यटक सिजनमा चार सय १२ मुभमेन्टसम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएका छन् भने भएका उडानमा समेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरू बताउँछन् । अहिले काठमाडांैबाट हुने दैनिक आउने एक/दुई विमानहरूले निर्माण सामग्री, खाद्यान्न, कपडालगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए ।

उडान घटेसँगै विमानस्थलका कर्मचारीहरुमा समेत फुर्सद मिलेकोे छ । सिजनमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याइनभ्याइ हुने विमानस्थल कर्मचारीहरू समेत यतिखेर फुर्सदमा रहेका छन् । उपत्यका बाहिरका विमानस्थलमध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई नेपालको व्यस्त विमानस्थलको रूपमा परिचित छन् । सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको दुई सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया