Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेटाले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने

मेटाले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने


काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने भएको छ । यसले नेपाली व्यवसायीलाई कारोबार गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ । मेटाले राजधानीमा नेपाली विज्ञापनदाता लक्षित कार्यक्रमको आयोजना गरी नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने बाटो खोलेको हो ।

यस्तै, मेटाले नेपालमा एचटीटीपोल वाई एल्फलाई आफ्नो आधिकारिक बिक्री साझेदारको रूपमा चयन गरेको छ । मेटा र एचटीटीपोल वाई एल्फले संयुक्तरूपमा होटल सोल्टीमा विशेष कार्यक्रमको आयोजना गरी साझेदारी घोषणा गरेका हुन् । कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरू, विभिन्न व्यवसायका शीर्ष अधिकारीहरू र डिजिटल मिडिया पेसेवरसहित विभिन्न उद्योग र पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नेपालमा मेटाको अधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस–बोर्डर बिलिङ र अन्य मेटा उत्पादनहरूमा आवश्यक सहयोग प्रदान हुने अपेक्षा राखिएको छ । एचटीटीपोल वाई एल्फले मेटाको आधिकारिक बिक्री साझेदारीको रूपमा १८ भन्दा अधिक बजारहरूमा आफ्ना अध्ययन र उत्पादनहरू प्रयोग गरी प्रयोगकर्तालाई परिणाम दिइरहेको जनाएको छ ।

नेपालमा पनि मेटाले साना तथा ठूला प्रयोगकर्ता र विज्ञापनदातालाई अधिकतम उत्पादन प्रदान गर्दै आएको छ । काठमाडौंमा स्थानीयरूपमा सञ्चालन गर्दै आएको एचटीटीपोल वाई एल्फको नेपालमा बलियो टोली छ । यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरूका लागि आधिकारिक र राष्ट्रिय दुवै भाषामा सेवा दिने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया