Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल इन्भेस्टमेन्ट र आँखुखोला जलविद्युत्बीच सम्झौता

नबिल इन्भेस्टमेन्ट र आँखुखोला जलविद्युत्बीच सम्झौता


काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । आँखुखोला जलविद्युत् कम्पनीको सञ्चालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत्को तर्फबाट सेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिष्ट्रारसम्बन्धी सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मा र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीबीच हस्ताक्षर गरेका हुन् । काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरूमध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत वार्षिक प्रवाह ५८ दशमलव ३८ क्युमेक अनुमान गरिएको छ । ३४ दशमलव पाँच क्युमेकको डिस्चार्ज ४० प्रतिशतभन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत् उत्पादन क्षमता आठ दशमलव चार मेगावाट रहेको छ र उक्त उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

उक्त सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनीलाई हकप्रद सेयर निष्काशनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायबाट हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया