नबिल इन्भेस्टमेन्ट र स्वस्तिक लघुवित्तबीच सम्झौता
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । संस्थाले आफ्नो अधिकृत पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापत्रमा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धिरेन्द्रलाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । आज भएको सम्झौतामा नबिल इन्भेस्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने संस्थाले जानकारी दिएको छ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया