नबिल बैंक र गणपति वनस्पतिबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा विक्रेतालाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपतिका तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोरका साथै कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाहलगायतका कर्मचारीको उपस्थिति थियो । नेपाल गुणस्तर चिह्न तथा आईएसओ ९००१ः २०१५, १४००१ :२०१५ प्राप्त यस उद्योगले सफारी र रामदेव ब्राण्डमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलिन तेल बिक्री वितरण गर्दै आएकोमा हालै मात्र नेवारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल—स्वदेशी अभियानमा संलग्न नेपालकै सबैभन्दा ठूलो घिऊ तेल उत्पादन गर्ने यो कम्पनी सर्वाधिक निर्यातकर्ता भई लगातार तीन पटकसम्म नेपाल उद्योग परिसंघबाट सम्मानित भएको संस्था हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया