Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई छुट


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरबाट सामान किन्दा स्मार्ट क्युआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने बताइएको छ । यो योजनामा एक पटकको खरिदको दुई सय रुपैयाँसम्म र योजना अवधिभर पाँच सय रुपैयाँसम्म छुट पाइने बैंकको भनाइ छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरमा लागू हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया