Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्री इन्भेष्टमेन्टले कमायो छ करोड ७९ लाख

श्री इन्भेष्टमेन्टले कमायो छ करोड ७९ लाख


काठमाडौं, वैशाख २२
श्री इन्भोष्टमेन्ट एण्ड फाइनान्सले कम्पनीले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा छ करोड ७९ लाख ९७ हजार तीन सय ६१ रूपैयाँ खुुद मुनाफा कमाएको छ । फाइनान्सले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ७५ लाख रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड चार लाख ५४ हजार नौ सय ३१ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब ७६ करोड सात लाख ६९ हजार तीन सय ६६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३२ करोड ८८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड छ लाख ४१ हजार आठ सय ६८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा फाइनान्सले चार अर्ब ३१ करोड ५२ लाख ८८ हजार छ सय ९६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब नौ करोड २५ लाख ५८ हजार तीन सय ३९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ५० लाख ३८ हजार चार सय ३८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया