Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश

सिटिजन्स बैंकको पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश


काठमाडौं, सिटिजन्स बैंकद्वारा आर्थिक वर्ष २०७९÷८० का लागि पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको चार सय २८ औँ बैठकको निर्णयबमोजिम सेयरधनीलाई आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०७९÷८० को वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँको पाँच दशमलव ७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैयाँ ९६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकको भनाइ छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नोे ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया