Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘सेयर कारोबार वैशाख २८ गतेबाट खुल्न सक्छ’, नेप्सेका प्रमुख कार्यकारी साउद

‘सेयर कारोबार वैशाख २८ गतेबाट खुल्न सक्छ’, नेप्सेका प्रमुख कार्यकारी साउद


काठमाडौं, वैशाख २६
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोबार कक्ष यही वैशाख २८ गतेबाट खुल्ने संकेत देखिएको छ । नेप्सेका प्रमुुख कार्र्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द रहेको सेयर बजार वैशाख २८ गतेबाट खुला गर्न लागिएको हो ।

कोरोनाका कारण लकडाउनको अवधि लम्बिँदै गएको यो अवस्थामा लामो समयसम्म सेयर बजार बन्द गर्न नहुने रायसहित हामीले सेयर बजार खोल्ने तयारी गरेका हौँ, प्रमुुख कार्यकारी साउदले भने । तर सरकारद्वारा घोषित लकडाउनको पूर्वघोषित कार्यतालिका वैशाख २५ गतेबाट बढेर जेठ पाँच गते पुुगेको छ, यो अवस्थामा बजार खोल्ने बारेमा औपचारिक निर्णय भने हामीले गरिसकेका छैनौँ, उनले भने ।

सरकाले लकडाउनको अवधि थप पनि अर्थतन्त्रलाई चलायमान बनाउन, उद्योगधन्दा, कलकारखाना, निमार्ण सामग्री, खाद्यवस्तुु, स्टेशनरी, तरकारी फलफूल तथा दुग्धजन्य क्षेत्रहरू खुुला गरेसँगै केही हदसम्म आंशिकरूपमा बजार खुल्ला भएको छ । यो अवस्थामा धितोपत्र बजार पनि खुुल्नुु पर्छ भने आवाज आइरहेको र सोहीअनुुरूप नेपाल धितोपत्र बोर्ड पनि बजार खुुलाउने पक्षमा रहेको छ । त्यसैले पनि आगामी आइतबारबाट सेयर बजार खुल्नसक्छ, प्रमुुख कार्यकारी साउदले भने । तर, अहिले नै बजार खुल्छ भन्ने ठोस निर्णय भइनसकेको भन्दै उनले भोलि अर्थात् शुुक्रबार बस्ने बैठकले धितोपत्र बोर्ड समेतको निर्णयको आधारमा सेयर बजार कुुनहदसम्म खोल्ने भन्ने बारेमा निर्णय गर्छ, प्रमुुख कार्यकारी साउदले भने ।

नेप्सेले यसअघि कोभिड १९ को विश्वव्यापी महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट धितोपत्र दलाल, व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक, एवं सम्बद्ध सबै पक्षमा हुुनसक्ने संक्रमण जोखिम न्यूनीकरणको लागि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम सेयर कारोबार स्थगन गरेको थियो । नेपाल सरकारबाट संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवधि यही चैत १८ गतेदेखि यही चैत २५ गतेसम्मको लागि बन्द गरिएको थियो ।

सोअनुुसार यही चैत २६ गतेबाट सेयर कारोबार खुल्ने भनिए पनि नेपाल सरकार मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकले लकडाउनको अवधि चैत २६ गतेदेखि वैशाख तीन गतेसम्मको लागि निरन्तरता दिएपछि उक्त समयसम्मको लागि सेयर कारोबार स्थगन गर्ने निर्णय गरिएको थियो । सोपश्चात् सरकारले पुुनःवैशाख चार गतेदेखि वैशाख १५ गतेसम्म नै लकडाउनको घोषणा गरेको थियो । सोही आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को वैशाख तीन गते बुुधबार बसेको बैठकले वैशाख १५ गतेसम्म नै नेप्सेको नियमित कारोबार कक्ष बन्द गर्ने निर्णय गरेको थियो ।

तर, त्यसपश्चात् पनि सरकारले लक डाउनको अवधि १० दिन थपेर वैशाख २५ गतेसम्म कायम गरेपछि सेयर कारोबार पनि उक्त अवधिसम्मको लागि बन्द गरिएको थियो । तर, सोपश्चात् सरकारले पुुनः लकडाउनको अवधि वैशाख २५ गतेबाट बढाएर जेठ पाँच गतेसम्म कायम गरेको छ । यो अवस्थामा लामो समयसम्म सेयर बजार बन्द गर्न नहुुने आवाज उठिरहेको र सोही आवाजका आधारमा आंशिकरूपमा भए पनि बजार खोल्ने निर्णय गर्न लागिएको, प्रमुुख कार्यकारी साउदले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया