हिमालयन बैंकद्वारा काठमाडौं प्रहरी पसिरलाई सहयोग
काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी परिसर काठमाडौंलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत परिसरलाई इन्स्टा ३६० चेस्ट स्ट्रपसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरिएको हो । बैंकका अनुसार यी सामान दुई लाख ६७ हजार पाँच सय रुपैँयाँबराबरको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदिजस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले सहयोग प्रदान गरेको जानकारी बैंकले दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया