नेपाल वेयर हाउजिङ कम्पनीद्वारा साधारण सेयरको बिक्री आह्वान
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही कात्तिक १० गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरूका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको एक लाख ३७ हजार पाँच सय कित्ता सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएकोमा त्यसको १० प्रतिशतले हुने एक लाख ३७ हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि बिक्री गर्न लागेको हो । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सर्वसाधारणका लागि छुट्याइएको कूल सेयरमध्येमा दुई प्रतिशत अर्थात् २७ हजार पाँच सय कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि, ६८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री खुल्ला गर्नेछ । हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य वैदेशिक रोजगारीको हकमा भने यही कात्र्तिक २४ गते बन्द हुने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया