Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई लघुवित्तको पहिलो त्रैमासिक नाफा तीन करोड ४० लाख

ग्लोबल आईएमई लघुवित्तको पहिलो त्रैमासिक नाफा तीन करोड ४० लाख


काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पहिलो त्रैमासिक अवधि अर्थात् असोज मसान्तसम्ममा तीन करोड ४० लाख सात हजार छ सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६७ लाख ४५ हजार सात सय २७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको संस्थाले चालु आ.व.को पहिलो त्रैमासमा तीन अर्ब २३ करोड १२ लाख ३९ हजार पाँच सय ९५ रुपैँयाँ निक्षेप संकलन गरी सात अर्ब ६२ करोड ८२ लाख ९४ हजार चार सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५७ लाख ५८ हजार आठ सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६७ लाख ७२ हजार एक सय २६ रुपैयाँ रहेको संंस्थाको स्प्रेड दर भने तीन दशमलव ९१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब पाँच करोड ८२ लाख ५५ हजार आठ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ४८ करोड १० लाख ८२ हजार छ सय ३३ रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ६८ लाख छ हजार नौ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया