Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफको माई चाइल्ड्स एजुकेशन प्रोटेकसन प्लान सार्वजनिक

मेटलाइफको माई चाइल्ड्स एजुकेशन प्रोटेकसन प्लान सार्वजनिक


काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाइल्ड्स एजुकेशन प्रोटेकसन प्लान’’ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिनदेखि १५ वर्ष उमेरका बालबालिकाहरूका लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरूले जीवनमा जस्तासुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो ।

बीमा योजना एक बृहत समाधान हो, जसले बालबालिकाहरूलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमाङ्क रकमको सत प्रतिशत एकमुष्ठ भुक्तानी प्रदान गर्दछ । साथै, भविष्यमा भुक्तानी गर्नुपर्ने बीमा शुल्कको छुट तथा बीमा योजनाको बीमाङ्क रकमको दुई प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमा लाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिकाप्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।

अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित अशक्तता, दूर्घटना र घातक रोगविरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरूमध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ र अधिकतम पाँच लाख रुपैयाँ भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरूमध्ये छनोट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबैभन्दा उपयुक्त बीमालाभहरू छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले बालबालिकाहरुलले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “माई चाइल्ड्स एडुकेशन प्रोटेकसन प्लान’’ ले नेपालका युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहाँहरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताका लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।”


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया