Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमन्दीको असर बैंकमा

मन्दीको असर बैंकमा

१३ अर्ब रुपैयाँमा खुम्चियो बैंकहरुको नाफा


काठमाडौं । आर्थिक मन्दीको असर बैंकहरुको वित्तीय विवरणमा पनि देखिएको छ । कर्जाको माग र आपूर्तिको श्रृङ्खला खल्बलिँदा यसको प्रत्यक्ष असर बैंकहरुको नाफामा परेको हो । निष्क्रिय कर्जा पनि बढेको छ । बढ्दो मूल्य वृद्धिका कारण आम नागरिकको आम्दानीको ठूलो हिस्सा उपभोगमा खर्च हुँदा बचत घटेको छ ।

बचत घटेपछि उपभोग पनि घटेर गएको छ । बजारमा आर्थिक क्रियाकलाप खुम्चिएको छ । बजार चलायमान हुन नसक्दा कर्जाको मागमा कमी आएको छ भने पुरानो कर्जाबाट पनि नियमितरुपमा साँवाब्याज उठ्न सकेको छैन । जसका कारणा बैंकहरुको निष्क्रिय कर्जा बढेर औसत तीन प्रतिशत नाघेको छ ।

वित्तीय विवरणहरुअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वटा वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने एउटा सरकारी बैंक घाटामै गएको छ । कृषि विकास बैंक घाटामा गएको हो । २० वटा बैंकहरुले कुल १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै १९ प्रतिशत अर्थात् तीन अर्ब सात करोड ८७ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ५५ करोड सात लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कमाएको छ । धेरै नाफा कमाउनेमध्ये दोस्रो स्थानमा नबिल बैंक र तेस्रोमा ग्लोबल आईएमई बैंक छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ र नबिल बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब १४ करोड पाँच लाख ८० हजार, एक अर्ब ५७ करोड १५ लाख ३७ हजार र एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल, हिमालयन, प्रभु र एनआईसी एसिया बैंकको खुद मुनाफा पनि एक अर्ब रुपैयाँभन्दा माथि छ । यी बैंकहरुले क्रमशः एक अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ, एक अर्ब पाँच करोड ६१ लाख ८३ हजार रुपैयाँ, एक अर्ब तीन करोड ४२ लाख १४ हजार रुपैयाँ र एक अर्ब एक करोड तीन लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ, ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ, ७० करोड ५० लाख छ हजार रुपैयाँ र एक अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ थियो ।

१३ वटा बैंकहरुको खुद मुनाफा एक अर्ब रुपैयाँभन्दा मुनि रहेको छ भने कृषि विकास बैंकले खुद नोक्सानी व्यहोरेको छ । एक अर्ब रुपैयाँभन्दा कम नाफा कमाउनेहरुमध्ये एनएमबीले ९६ करोड ३२ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले क्रमशः ८५ करोड ९८ लाख चार हजार रुपैयाँ र ८२ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी तीनवटा बैंकहरुले क्रमशः ९० करोड ४१ लाख ३४ हजार, एक अर्ब २४ करोड ६६ लाख ७८ हजार र ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । एभरेष्ट, माछापुच्छे« र सानिमा बैंकले क्रमशः ७८ करोड सात लाख ५९ हजार रुपैयाँ, ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ र ४८ करोड २९ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुले क्रमशः ८६ करोड २२ लाख ३७ हजार, ४५ करोड ११ लाख ७३ हजार रुपैयाँ र ५४ करोड ७२ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

नेपाल एसबीआई, सिटिजन्स र कुमारी बैंकले क्रमशः ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ, ४० करोड २५ लाख ५५ हजार रुपैयाँ र २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ७२ करोड ७३ लाख ५७ हजार रुपैयाँ, ५० करोड १२ लाख १५ हजार रुपैयाँ र एक अर्ब १४ लाख ६९ हजार रुपैयाँ थियो । नेपाल बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः १४ करोड २३ लाख ६० हजार रुपैयाँ, १० करोड ३० लाख ४१ हजार रुपैयाँ र चार करोड २८ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुले क्रमशः ६० करोड ४० लाख ९८ हजार रुपैयाँ, ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ र ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड नौ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खराब कर्जा तीन प्रतिशत नाघ्यो
बैंकहरुको खराब कर्जा औसत तीन प्रतिशत नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खराब कर्जा एक दशमलव ३१ प्रतिशत थियो ।

सबैभन्दा धेरै खराब कर्जा कृषि विकास बैंकको पाँच दशमलव ३३ प्रतिशत छ भने सबैभन्दा कम एभरेष्ट बैंकको शून्य दशमलव नौ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा कृषि विकास बैंकको खराब कर्जा दुई दशमलव ३८ प्रतिशत र एभरेष्टको शून्य दशमलव ३३ प्रतिशत थियो । कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, हिमालयन र ग्लोबल आईएमई बैंकमा चारदेखि पाँच प्रतिशतको बीचमा खराब कर्जा देखिएको छ । यी बैंकहरुमा क्रमशः चार दशमलव ८९, चार दशमलव ८३, चार दशमलव ६९, चार दशमलव ६७ र चार दशमलव ३८ प्रतिशत खराब कर्जा देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव २८, एक दशमलव ५७, एक दशमलव ७२, दुई दशमलव ३१ र दुई दशमलव १० प्रतिशत थियो । सिटिजन्स, प्रभु, नेपाल बैंक, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकमा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव ९७, तीन दशमलव ९७, तीन दशमलव ८४, तीन दशमलव ६७, तीन दशमलव ६२ र तीन दशमलव ४४ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा क्रमशः दुई दशमलव ८६, एक दशमलव ६८, दुई दशमलव ३६, एक दशमलव ८०, दुई दशमलव ४८ र दुई दशमलव १५ प्रतिशत कर्जा खराब देखिएका थिए ।

एनएमबी, माछापुच्छ्रे, नेपाल एसबीआई र सानिमा बैंकमा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः दुई दशमलव ८४, दुई दशमलव ५६, दुई दशमलव ३५ र एक दशमलव ७९ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ९०, एक दशमलव ३०, शून्य दशमलव ३६ र शून्य दशमलव ९१ प्रतिशत थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल, एनआईसी एसिया र स्डान्डर्ड चार्टर्ड बैंकमा क्रमशः एक दशमलव ५८, एक दशमलव ३७ र एक दशमलव १० प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुमा क्रमशः एक दशमलव शून्य चार, शुन्य दशमलव ५९ र शून्य दशमलव ७७ प्रतिशत कर्जा खराब देखिएका थिए ।

No description available.


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया