‘विनिमय सञ्चिति पर्याप्तताको फाइदा लिन सक्नुपर्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताएका हुन् । ‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,’ अधिकारीले भने । उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे । बैङ्किङ क्षेत्रको बारेमा उनले भने, ‘बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजार मूल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।’
गर्भनर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेछ । अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले बैंकहरूको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलङ्काको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाइ गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए । उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनु पर्ने बताए ।
‘अहिले धेरै पर्यटक भित्रिएका छन् । बैंकमा तरलता पनि बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधारणमा विश्वासको वातावरण बनाउन सहयोग पु-याउनुपर्छ ।’ ढकालले कर्णालीमा गएको भूकम्प प्रभावितलाई आफूहरूले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरूलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिकभन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिकरूपमा चलायमान हुन नसकेको बताए । मल्लले बजेटमा रहेको प्राकृतिक स्रोत निर्यातको विषय उल्लेख भए पनि कानुनी अप्ठेरो रहेको बताए । उनले छिटो कानुन बनाइ जडीबुटीदेखि प्राकृतिक सामग्री निर्यात बढाएर व्यापारघाटा कम
गर्नुपर्ने बताए ।
समारोहलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । ‘आर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भूमिका खेल्नेछ,’ ढकालले भने । १५ औं वार्षिकोत्सवको अवसरमा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थिक विषयमा छलफलसमेत आयोजना गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो । जर्नलको विमोचन अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्तरूपमा गरे । जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो । योजना निर्माण कसरी गर्ने भन्ने सुझाव समेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष ढकालले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया