खराब कर्जाले फाइनान्स कम्पनीहरू दबाबमा
सात दशमलव छ प्रतिशत खराब कर्जा
काठमाडौं । फाइनान्स कम्पनीहरूमा खराब कर्जाको अनुपात बढेको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा फाइनान्स कम्पनीहरूको सावाब्याज असुलीमा समस्या देखिँदा खराब कर्जाको अनुपात बढेको हो । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिककोे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये झण्डै एक दर्जन फाइनान्सहरूको खराब कर्जा बढेको छ । वित्तीय विवरणअनुसार औसत खराब कर्जा बढेर झण्डै आठ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अनुपात छ दशमलव २३ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्स, गुडविल फाइनान्स, बेस्ट फाइनान्स, आईसीएफसी, प्रोग्रेसिभ फाइनान्स, मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको खराब कर्जा बढेको छ । यस अवधिमा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको खराब कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्सको देखिएको छ भने सबैभन्दा कम श्री इन्भेष्टमेन्टको छ । जानकीको खराब कर्जा १७ दशमलव छ प्रतिशत छ भने श्री इन्भेष्टमेन्टको एक दशमलव दुई प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूको खराक कर्जा क्रमशः १० दशमलव शून्य दुई प्रतिशत र एक दशमलव ४२ प्रतिशत थियो । प्रोग्रेसिभ फाइनान्सको पनि खराब कर्जा बढेर १२ दशमलव ४५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सको खराब कर्जा चार दशमलव २२ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल फाइनान्सको खराब कर्जा ११ दशमलव ७५ प्रतिशत देखिएको छ । गोर्खाज फाइनान्सको नौ दशमलव ८९ प्रतिशत कर्जा खराब छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्सको खराब कर्जा ४१ दशमलव ११ प्रतिशत र सात दशमलव ४२ प्रतिशत थियो । सेन्ट्रल र बेस्ट फाइनान्सको खराब कर्जा क्रमशः सात दशमलव ४३ प्रतिशत र पाँच दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्सको खराब कर्जा अनुपात दुई दशमलव ५६ प्रतिशत र चार दशमलव ४० प्रतिशत थियो । रिलायन्स, गुह्ेश्वरी, समृद्धि र पोखरा फाइनान्समा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ९६, चार दशमलव ८२, चार दशमलव ७९ र चार दशमलव १३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको यस्तो कर्जा क्रमशः तीन दशमलव ६७, दुई दशमलव ८१, छ दशमलव शुन्य एक र दुई दशमलव ६५ प्रतिशत थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गुडविल, आईसीएफसी र मञ्जुश्री फाइनान्समा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव ९७, तीन दशमलव २३ र दुई दशमलव ८५ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सको खराब कर्जा क्रमशः दुई दशमलव १५, एक दशमलव ३१ र दुई दशमलव ४४ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘टेक फर नेचर’ परियोजना कार्यान्वयन गर्न आईयुसीएनसँग सहकार्य
- भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया