Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको काठमाडौंमा साइकल र्याली

समृद्धि फाइनान्सको काठमाडौंमा साइकल र्याली


काठमाडौं । ‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडि ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्युप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, बिजुलीबजार, बानेश्वर, थापागाउँ, अनामनगर हुँदै पुनः सुरु भएको स्थानमा आएर समाप्त भएको थियो । सो ¥यालीमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोदकुमार सुवेदी, सञ्चालक जेवी हमाल, सीईओ टीका निधि लोहनी साथै फाइनान्सका १९ जना कर्मचारीहरूको सहभागिता रहेको जानकारी प्राप्त भयको छ ।

समृद्धि फाइनान्स कम्पनीले यहि कात्तिक २५ गने २२ औँ वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कात्तिक १९ गते देखि २५ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । कार्तिक १९ गते पुतलीसडक शाखा र कात्तिक २२ गते जनकपुर शाखाबाट सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम गरिसकेको छ । साथै, भोलि प्रधान कार्यालयलगायत सम्पूर्ण शाखाहरूबाट केक काटी आप्mना ग्राहकहरूका साथ २२ औँ वर्षमा प्रवेश भएको उत्सव मनाउँदै छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 19

तपाईको प्रतिक्रिया