कामना सेवा फुटसल कप सिजन तीन सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू शनिबार सम्पन्न गरेको छ । सोअन्तर्गत कामना सेवा फुटसल कप सिजन तीन सम्पन्न भएको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ ।
महिलातर्फको फाइनल खेलमा भने माछापुच्छ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउदै उपाधि जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्री नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको प्रमुख आतिथ्यता र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दयाबहादुर सिलवालको आतिथ्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याड्ढी निर्माण कार्यका लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिति रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापीरूपमा कार्यक्रमहरू गर्दैछ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page18
ताजा अपडेट
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया