नेपाल इन्भेस्टमेन्ट मेगाको वृक्षारोपण
काठमाडौँ । नेपाल इन्भेस्टमेन्टमेगा बैंक लिमिटेडले एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्टअन्तर्गत ‘एक खाता, एक बिरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्ट खाता खोल्ने ग्राहकको नाममा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा पाँच सयवटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।
वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधिहरू, महिला स्वयम्सेविकाहरू तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसी र उनका प्रहरी बलको उपस्थिति थियो ।
यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको छ । पाँच सय रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्ने छन् । साथै, बैंकले ग्राहकलाई इको फ्रेन्डली लोनलाई प्राथमिकतामा राखी प्रोसेसिङमा २५ प्रतिशत छुट समेत दिने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page18
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया