प्राइम बैंकद्वारा भूकम्प प्रभावितलाई सहयोग
काठमाडौं । प्राइम कमर्सियल बैंकले भूकम्प प्रभावितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले यही कात्तिक १७ गते, शुक्रबार, राति जाजरकोट केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गरेको हो ।
बैंकले भूकम्प प्रभावितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनेछ । विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बैंकले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page15
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया