Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारव्यक्तिगत आवासमा चार खर्ब कर्जा प्रवाह

व्यक्तिगत आवासमा चार खर्ब कर्जा प्रवाह


काठमाडौं । व्यक्तिगत आवास अर्थात् ‘होम लोन’ शीर्षकमा बैंक तथा वित्तीय संस्थाबाट झण्डै चार खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले तीन खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा २० वटा वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीबाट प्रवाह भएको छ ।

तथ्यांकअनुसार असोजमा मात्रै बैंक तथा वित्तीय संस्थाले २७ अर्ब रुपैयाँ व्यक्तिगत आवासका लागि कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब २५ करोड ३० लाख रुपैयाँले मात्र बढी हो । गत वर्ष भदौमा बैंक तथा वित्तीय संस्थाले तीन खर्ब ४४ अर्ब ९४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा रकम ४९ खर्ब सात अर्ब ७१ करोड रुपैयाँ छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ५० अर्ब १७ करोड ७० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ४८ अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ९३ अर्ब ६७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५७ करोड १० लाख रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो कर्जा दुई खर्ब ८३ अर्ब १० करोड ५० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ३७ अर्ब ३९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा ४२ खर्ब छ अर्ब २४ करोड ५० लाख रुपैयाँ थियो ।

No description available.

गत भदौ मसान्तसम्म विकास बैंकहरूले व्यक्तिगत आवास शीर्षकमा ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ५७ करोड ३० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरूको यस्तो कर्जा ५० अर्ब ९७ करोड ८० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको भदौ मसान्तमा विकास बैंकहरूको कुल कर्जा चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ९६ करोड ४० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरूको कुल चार खर्ब ५० अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास शीर्षकमा ११ अर्ब ९४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब आठ करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा १० अर्ब ८६ करोड ५० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको भदौसम्म फाइनान्स कम्पनीहरूको कुल कर्जा ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ पुगेको छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० करोड ५० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा ९१ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो ।

पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत आवास शीर्षकमा दुई करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेपछि यस्तो शीर्षकमा कर्जा प्रवाह बढेको देखिन्छ । गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवास शीर्षकमा कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया