नेपाल सुपर लिगको आधिकारिक टिकेटिङ पार्टनरमा आईएमई पे
काठमाडौं । डिजिटल वालेट आईएमई पे र नेपाल स्र्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)बीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत यही नोभेम्बर २४ देखि हुने नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आईएमई पे रहने भएको छ ।
नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरूमध्ये एक हो जसमा बहुसंख्यक खेलप्रेमीहरूको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आईएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आईएमई पेको विश्वास रहेको छ । यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ । एनएसईएम र आइएमई पेबीचको यो साझेदारीले लिगको वृद्धि र पहुँचमा योगदान पु-याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया