थप २३ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । राजस्व कम उठेर खर्च धान्न नसक्ने स्थिति भएपछि सरकारले आज (सोमबार) पनि आन्तरिक ऋण उठाउने भएको छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरी २३ अर्ब २३ करोड ३२ लाख रूपैयाँ ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार मंसिर ४ गते अर्थात् आज सोमबार सो रकमबराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल हुनेछ । मंगलबारदेखि जारी हुने सो ट्रेजरी बिल खरिद गर्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् ।
सरकारले चालू आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोमबार बोलकबोल हुन लागेको ट्रेजरी बिलमध्ये २० अर्ब २३ करोड ३२ लाख रूपैयाँ पुरानो ऋण भुक्तानी गर्नको लागि प्रयोग हुनेछ । अर्थात् सो रकमबराबरको पुरानो ट्रेजरी बिल नवीकरण हुनेछ । ट्रेजरी बिल मंसिर ५ गतेदेखि जारी हुनेछ ।
बिक्री गरिने ट्रेजरी बिलमध्ये २८ दिन अवधिको आठ अर्ब रूपैयाँ, ९१ दिन अवधिको सात अर्ब २३ करोड ३२ लाख रूपैयाँँ र एक सय ८२ दिन अवधिको आठ अर्ब रूपैयाँको रहेको छ । यीमध्ये ९१ दिन अवधिको कुल सात अर्ब २३ करोड ३२ लाखमध्ये चार अर्ब २३ करोड ३२ लाख पुरानो नवीकरणअन्तर्गत र बाँकी तीन अर्ब नयाँ बिक्री हो । बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिन अवधिको २०८० पुस तीन गते, ९१ दिनको २०८० फागुन आठ गते र एक सय ८२ दिने अवधिको २०८१ जेठ ८ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले यही कात्तिक २४ गते पनि सरकारका लागि बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ८५ करोड ५० लाख रूपैयाँबराबरको आन्तरिक ऋण उठाएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया