एनएमबी लघुुवित्तले कमायो चार करोड ५९ लाख
काठमाडौँ जेठ ८
एनएमबी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५९ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ३२ लाख ८१ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४० करोड ५० लाख १६ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४० करोड २६ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड चार लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १७ करोड ६८ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९७ लाख १९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ११ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७९ करोड ४८ लाख ५५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया