Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैको लघुवित्तले नौ महिनामा कमायो दुुई करोड ४८ लाख

सबैको लघुवित्तले नौ महिनामा कमायो दुुई करोड ४८ लाख


काठमाडौं, जेठ ९
सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ४६ लाख आठ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाका यस्तो नाफा दुुई करोड १९ लाख ५० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६१ करोड ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड दुई लाख २१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । प्रोभिजन रकम एक करोड ६२ लाख सात हजार रूपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा संंस्थाले ३३ करोड ६५ लाख ७४ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ४१ करोड ५६ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड चार लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८६ लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया