Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षा उपकरण सहयोग

सनराइज बैंकद्वारा व्यक्तिगत सुरक्षा उपकरण सहयोग


काठमाडौं, जेठ ९
सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकका अनुसार प्रमुुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बिहीबार २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई हस्तान्तरण गरेका हुुन् । स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरूले संक्रमण नियन्त्रणका लागि निभाउनुभएको भूमिका अतुलनीय रहेको बताए । यो सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास लिएको छ ।

बैंकले यसअघि महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरिसिंह विष्टलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा दुुई दशमलव दुुई प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने एक अर्ब छ करोड ९६ लाख दुुई हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यसअवधिमा बैंकको वितरणयोग्य नाफा भने ४१ करोड नौ लाख ६६ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकको वितरणयोग्य नाफा ६६ करोड पाँच लाख १२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख ८५ हजार रूपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब आठ करोड ७२ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया