Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरजग्गामा बैंकको दुई खर्ब ४४ अर्ब ऋण

घरजग्गामा बैंकको दुई खर्ब ४४ अर्ब ऋण


काठमाडौं । आर्थिक गतिविधि सुस्त हुँदा घरजग्गा कारोबारमा कमी आएको भए पनि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा बढेको छ । यो कर्जा आर्थिक गतिविधिमा सुधार आएका कारण बढेको नभई समग्र बैंकिङ क्षेत्रको कुल कर्जाको भोलुम बढ्दा घरजग्गा कर्जा पनि बढेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा झण्डै २३ अर्ब रुपैयाँले बढेको छ । गत कात्तिक मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा दुई खर्ब ४४ अर्ब ७५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ अर्ब ८१ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको कात्तिक मसान्तमा घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा दुई खर्ब २१ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकहरूले गएको कात्तिक मसान्तसम्म घरजग्गा क्षेत्रमा दुई खर्ब ११ अर्ब ८९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २० अर्ब २४ करोड २० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले एक खर्ब ९१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले २३ अर्ब २७ करोड ६० लाख रुपैयाँ कर्जा घरजग्गामा प्रवाह गरेका छन् । जुन गतवर्षको कात्तिक मसान्तको तुलनामा तीन अर्ब तीन करोड ८० लाख रुपैयाँले बढी हो । गतवर्ष कात्तिकसम्म विकास बैंकहरूले घरजग्गामा २० अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंक र विकास बैंकहरूपले घरजग्गामा कर्जा बढाएका छन् । तर, फाइनान्स कम्पनीबाट प्रवाह भएको कर्जा गत आर्थिक वर्षको तुलनामा घटेको छ । गत कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूले घरजग्गामा नौ अर्ब ५८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड ५० लाख रुपैयाँले कम हो । गतवर्ष कात्तिकसम्म फाइनान्स कम्पनीहरूले घरजग्गामा प्रवाह गरेको कर्जा रकम १० अर्ब पाँच करोड १० लाख रुपैयाँ थियो ।

२० अर्ब २५ करोडको ट्रेजरी बिल निष्काशन
नेपाल राष्ट्र बैंकले पुस १६ गते (सोमबार) २० अर्ब ११ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म बोलकबोलका माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस आठ गते राष्ट्र बैंकले १७ अर्ब ११ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरीी बिल बिक्री गरेको थियो ।

सोमबार निष्काशन हुने ट्रेजरी बिल मंगलबारदेखि जारी हुनेछ । टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । ९१ दिन अवधिको ट्रेजरी बिलको सात अर्ब ७५ करोड रुपैयाँ, एक सय ८२ दिन अवधिको पाँच अर्ब र तीन सय ६४ दिन अवधिको सात अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेको छ । जसमध्ये ९१ दिन अवधिको टे«जरी बिल २०८० चैत २० गते परिपक्व हुनेछ । यस्तै, एक सय ८२ दिन अवधिको २०८१ असार १९ गते र तीन सय ६४ दिन अवधिको २०८१ पुस १६ गते परिपक्व हुने छ । यी सबै ट्रेजरी बिल पुरानो नवीकरण अन्तर्गतका हुन् ।

राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया