राष्ट्र उत्थान लघुुवित्तको नाफा ९६ लाख ५५ हजार
काठमाडौं, जेठ ११
राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९६ लाख ५५ हजार चार सय १० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २६ लाख १९ हजार रूपैयाँले ऋणात्मक रहेको थियो । चुक्ता पुँजी १७ करोड ५० लाख रूपैयाँ रहेको संस्थाले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६१ करोड ६२ लाख ६५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५३ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ७५ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकमम ६७ लाख १५ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ४४ करोड ३२ लाख ६१ हजार रूपैयाँ निक्षेप संकलन गरी ९५ करोड तीन लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८९ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा
- गिरीबन्धुको फैसला गर्ने न्यायाधीशमाथि खनिए ओली
- सन्दीपको मुद्दामा बहस लम्बियो
- शेयर बजार नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
- अनशनरत भण्डारीको जीवनरक्षाको माग
- बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
- दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम
- दीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक निर्माण सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया